उमेश कुमार यादव,
राजविराज, ०९ असार ।
सप्तरीको बोदेबरसाईन नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघको अध्यक्ष र प्र.अ.हरुको क्षमता अभिवृद्धि सम्बन्धी १ दिने गोष्ठी विहिवार सम्पन्न भएको छ ।
बोदेबरसाईन नगरपालिका शिक्षा शाखाको आयोजना एवं उपमेयर रेणु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा शाखा प्रमुख रामसागर यादव, श्रोत ब्यक्ति रामसेवक यादव, एन.ई.जी.पी. का श्रीलाला मण्डलको प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए ।
नगरको श्री चन्दा नमूना मा.वि.को श्रोत केन्द्रको हलमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश यादव, चन्दा नमूना मा.वि.का प्र.अ. गौरी नारायण चौधरी लगायतका वक्ताहरुले नगरको विद्यालयहरुमा नियमित तथा गुणस्तरीय पठनपाठनमा सुधारबारे धारणा राखेका थिए ।
सम्पन्न कार्यक्रममा गत शैक्षिक सत्र तथा आर्थिक वर्षको विश्लेशन सहित समिक्षा गरी राम्रा पक्षलाई अंगिकार गर्दै कम्जोर पक्षलाई अगामी वर्षमा सुधार गर्दै जाने र विद्यालयहरुमा दिवा खाजा खर्च पारदर्शी गर्ने विल भरपाई दुरुस्त राख्ने बारे निर्णय समेत गरिएको थियो ।