लो.स.पा. नेपालको विरुद्ध जसपाका कार्यकर्ताहरु द्वारा विज्ञप्ति
उमेश कुमार यादव,
राजविराज, १५ पौष ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल द्वारा बोदेबरसाईन नपाका वडा ६ मा गठित कमिटीमा जसपा नेपालका केही कार्यकताहरुको नाम समावेश गरिएको समाजिक संजालमा देखिन आएको प्रति नाम समावेस भएका ब्यक्तिहरुले भत्र्सना गरेका छन् ।
आफूहरु जसपाका नगर कमिटीमा रही काम गर्दै आएको जिम्मेवारी कार्यकर्ता हौं र हाम्रो राजनीतिक चरित्र हत्या गर्ने खाले गलत समाचार समाजिक संजालमा लो.स.पा. नेपाल द्वारा दिएको प्रति देवेन्द्र कुमार चौधरी (जसपा नेपाल वडा कमिटी अध्यक्ष) वृजेन्द्र पाल र वडा समिति सचिव निन्दु साह, जसपा नोपलका वडा समिति सदस्यले हस्ताक्षर सहितको विज्ञप्ति जारी गरिएका छन् ।
जारी गरिएको प्रेस विज्ञप्तिमा लो.स.पा नेपालका नेता एवं कार्यकर्ताहरुले अरु नाम बेचेर राजनीतिक व्यपार नगर्न समेत आग्रह गरिएको छ ।