उमेश कुमार यादव,
राजविराज, ०३ कार्तिक ।
सप्तरीको बोदे बर्साईन नगरपालिकाको वडा नं. ५ मा रहेको इलाका प्रहरी कार्यालय स्थित युवा कर्मचारी समाजको कार्यालय भवन शिलन्यास भएको छ । यूवा कर्मचारी समाज बोदेबरसाईनको अध्यक्ष देवेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सो शिलन्यास कार्यक्रमको प्रमुख आतिथ्यको रुपमा बोदेबरसाईन नपाका प्रमुख आतेश कुमार सिंह यादवले गरेको हो ।
शिलन्यासको क्रममा महिला सशक्तीकरण, दलित सीमान्तकृत, अल्पसंख्यक, विपन्न समुदायको उत्थान, सामाजिक सचेतनामा सामाजिक संस्थाहरुले उल्लेख्य योगदान पु¥याएको नगर प्रमुखले बताए । वहाँले अगाडी भन्नुभयो समाजिक संघ संस्थाले समाज विकासमा महत्वपुर्ण योगदान दिएको र सामाजिक संस्थासँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनु भयो ।
युवा कर्मचारी समाज बोदे बर्साईनको अध्यक्ष देबेन्द्र प्रसाद यादवको अध्यक्षता भवन शिलान्यासको कार्य सम्पन्न भएको छ। नगर प्रमुख यादवले युवा कर्मचारी समाज बोदे बर्साईनका अध्यक्ष देबेन्द्र प्रसाद यादवले संघ संस्थाको आफ्नै भवन हुँदा कार्य सम्पादनमा सहज हुने बताए । लगभग १० बर्ष देखी हामीले देखेको सपना अब पूरा हुन लागेको समाजका सचिब संजय कुमार यादवले मन्तव्यमा आफ्नो विचार राखेका थिए ।