उमेश कुमार यादव,
राजविराज ३० जेष्ठ ।
इलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख प्र.ना.नि अरुण कुमार सिंहलाई विदाई एवं नव आगन्तुक प्रमुख प्र.ना.नि जय प्रकाश महतोलाई सगभागीहरुले फूलमाला तथा दोसल्ला ओडाएर आईतवार भव्य स्वागत गरेका छन् ।
सप्तरीको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको प्रागँणमा स्थानिय बाजारका व्यापारीहरु, राजनीतिकर्मीहरु, समाजसेवी तथा भद्रभलादमीहरु द्वारा आयोजित एक कार्यक्रममा सो विदाई तथा स्वागत गरेका हुन् ।
प्र.ना.नि सिंह विगत ५ महिना २ दिन सो कार्यालयको प्रमुख रही भारतीय सिमा क्षेत्रबाट लागु पदार्थ आयात गर्नेलाई कडाका साथ नियन्त्रण तथा कोरोना संकटकालमा पनि अत्यन्त सक्रिय भूमिका निर्वाह मात्र नभई सो क्षेत्रमा चोरी तथा पैठारी जस्ता घटनालाई न्यूनिकरण गरी शान्तिको वातावरण निर्माणा गर्नुको साथै विकासिय कार्यमा सराहनिय योगदान पुर्याउदै आएकोले स्थानियहरु द्वारा सो कार्यक्रममा स–सम्मान विदाई गरिएको हो ।
आयोजित सो विदाई तथा स्वागत समारोहमा बोदे बरसाईन व्यापार संघका सचिव अनिल प्रसाद सिंह, शिक्षक नेता दिनेश कुमार यादव, जसपाका यूवा नेता दिपेन्द्र यादव, बोदे बरसाईन शसस्त्र वेस क्याम्पका इन्सपेक्टर उत्सव विष्ट लगायतकाले प्र.ना.नि. सिंहको कार्यकालमा देखाएका सक्रियता एवं योगदानको प्रशंसा गर्दै नव आवगन्तुक प्र.ना.नि महतोले अनुसरण गरिदै निरन्तरता कायम राख्न वक्ताहरुले मन्तव्य राखेका थिए ।