उमेश कुमार यादव,
राजविराज १४ पौष ।
सप्तरीको बोदेबरसाईन नपा ५ बरसाईन स्थ्ति चन्द्रा नमूना मा.विको ६४ औं बार्षिकोत्सव मनाएको छ ।
विद्यालय ब्यवस्थापन समिती संरक्षक– अध्यक्ष माननीय मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा मनाएको सो बार्षिकोत्सव कार्यक्रममा नपाका मेयर आतेश कुमार सिंह यादव, सम्बन्धीत वडाका अध्यक्ष मो. मजेबुर रहमान, वडा अध्यक्ष्हरुा सुनित कुमार यादव, दिगम्वर यादव लगायत स्थानीय बुद्धिजीविहरु, व्यवपारीहरु तथा भरभलादमीको उपस्थिती रहेको थियो ।
जितेन्द्र प्रसाद गुप्ता एवं धर्मदेव यादवले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा माननीय मृगेन्द्र कुमार सिंहले– आजकै दिन तत्कालिन राजा महेन्द्र विर विक्रम साहले शिलन्यास गरेको बेलामा बरसाईन क्षेत्रका चर्चित समाजसेवी स्व. शत्रुधन प्रसाद सिंह यादवले विद्यालयलाई १६१ विघा जग्गा दानगरी स्थापना गरिएको े विद्यालय हो । यति बेला ‘सप्तरी जिल्लाकै सबै भन्दा पुरानो विद्यालयहरु मध्येको एक यो विद्यालय चन्द्रा नमूना मा.वि.ले आफ्नो ६४ औं वर्षको अन्तरालमा असंख्य डाक्टर, इन्जिनियर नेता, अभिनेता, उत्पादन गर्दै आएको छ र भविष्यमा पनि उत्पादन गर्ने छ, हामीबाट हुने सहयोग भई रहने प्रतिवद्धता ब्यक्त गर्दै भन्नु भयो– ‘शिक्षा नै देश विकासको मूल थलो भएकोले विद्यालयको सर्वाङ्गि विकास भएमात्र हाम्रो विकास हुने’ बताउनु भयो ।