https://youtu.be/pgpvMt3hxOk शुभ नारायण यादव,
राजविराज, १९ पौष ।
सप्तरीको राजविराज नगरपालिकाका अन्तर्गत रहेका विद्यालयहरुमा कार्यरत कर्मचारी, कास, बाल बिकास शिक्षिकाहरुले अबदेखि मासिक १५ हजार तलब पाउने भएको छ ।
सप्तरीको राजविराज नगरपालिकामा सोमवार आयोजित बाल शिक्षक शिक्षिकाहरुको तलब बृद्धिको कार्यान्वयन कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले सो कुराको घोषणा गर्नु भएको हो ।
मेयर यादवले बिकासिय बजेट कटोति गरेर बालविकास शिक्षिकाहरुको तलब बृद्धि गरेको बताउनुभयो । उहाले भविष्यका बालबालिकाहरुलाइ बालविकासकै सहजकर्ताहरुले सरक्षण दिदै आएकाले महगी सँगै उचित तलब भत्ता बृद्धि हुन नसकेपनि निकट भविष्यमा अझै बढाउनुपर्ने माग समेत गरेका छन । सघिय सरकारबाट ८ हजार तथा स्थानीय सरकारले थप ७ हजार गरि कुल १५ हजार रकम मासिक तलब बाल बिकासका शिक्षिकाहरुलाई प्रदान गर्ने बताउनुभयो । उहाले ७१ प्रतिशत बजेट सघिय सरकारले राख्ने गरेका छन भने प्रदेश तथा स्थानीय सरकारलाइ बाकि २९ प्रतिशत मात्रै बजेट दिने गरेको खुलासा समेत गर्नुभयो । उक्त कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापाले झण्डै डेढ करोड बजेट राजविराज नगरपालिकाले बाल बिकास शिक्षक शिक्षिकाहरुले बिनियोजित गरेको तथा चालू आर्थिक बर्षको साउन महिना देखि ने उक्त तलब पाउने बताउनुभयो ।
बाल विकासका सहजकर्ताशरुलाइ तलब बृदि सभा आयोजना गरिएको सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डल , नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य दिनेश कुमार यादव , राजविराज नगरप नगरपालिका वडा न.८ का वडाअध्यक्ष जय नारायण मण्डल, प्रा. सुमन ठाकुर , नेपाल प्याव्सनका केन्द्रीय महासचिव शम्भु यादव , नेपाल शिक्षक महासङ्घ जिल्ला अध्यक्ष दिनेश प्रसाद यादव , सहायक लेखापाल बबन मिश्रा लगायतकाहरुले काम अनुसारको तलब बाल बिकासका शिक्षकहरुले पाउने भए पछि बधाई दिएका छन । यस राजविराज नगरपालिकामा ८६ जना बाल शिक्षिकाहरु र ४२ जना कर्मचारीहरु कार्यरत रहेको नगरपालिकाले जनाएको छ ।