शुभ नारायण यादव सप्तरी ,१ माघ ।प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मधेश संस्कृतिको जननी भएको वताउनुभएको छ। सप्तरीको कंचनरुप नगरपालिका वडा नं ४ कविलाशामा सरदार जातीद्वारा आयोजित चौथो माघे संक्राती मेलाको समुदघाटन गर्नुहुदै मन्त्री साहले साे कुरा बताउनुभएकाे हाे । श्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्नुहुदै मन्त्री साहले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको वताउनुहुदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको वताउनुभएको छ। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिका साथै बुद्धिजीवी ,भर्दभलादमि ,समाजसेवि सहितकाे उपस्थिति रहेकाे थियाे ।