शुभ नारायण यादव सप्तरी ,१ माघ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागीबाट आहतलाई राहत वितरण गरेकाे छ । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नं.-५ लोखरम गाउका अग्निपीडितहरू राजदेव सुतिहार, गोसाई सुतिहार र सम्तोलिया देवी सुतिहारलाई राहतस्वरुप क्लवले त्रिपाल,झुल,तन्ना,लुगाफाटाहरू, भाँडाकुँडाहरू लगायतका राहत सामाग्रीहरू वितरण गरेकाे संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जानकारि दिनुभयाे । गत पुस २६ गते आगलागी हुदा १४ लाखभन्दा बढीको धनजनको क्षति भएको थियाे । उक्त कार्यकर्ममा संस्थाका तर्फबाट छिन्नमस्ता गाउपालिका वडा न. -५ का वडाअध्यक्ष शिवशंकर पंडित तथा वडा सदस्य द्वय महेन्द्र सदा र लक्ष्मण खंग,छिन्नमस्ता गाउपालिकाका पशु सेवा शाखाका संयोजक चन्द्र नारायण पंडित ,वयोवृद कुंजी लाल सुतिहारलाई लगायतका ब्यक्तिहरुलाइ सम्मान समेत गरेका थिए ।