शुभ नारायण यादव सप्तरी, २८ पुस । सप्तरीमा साँढेले हान्दा एक ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.२ महुवा निवासी ८० वर्षीया दुर्गी देवी साहको साँढेले हान्दा मृत्यु भएको हो । आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।
यता ती महिलाको शव हाल राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।