शुभ नारायण यादव सप्तरी ,२६ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले पछिल्लो समय फरार अपराधी पक्राउ गर्न सप्तरी प्रहरीले चलाएको अभियान र मिलेको सफलता बारे बिबरण समेटिएको तथ्थ्याङ्क सार्वजनिक गरिएको छ । तथ्याङ्क अनुसार साउन १ देखी पुस २४ सम्मको ६ महिने अवधीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ३ सय ९७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ । यसरी पक्राउ परेका अपराधीबाट जरिवाना वापत १० लाख ९८ हजार ३ सय २५ रुँपैया असुली भएको तथा उनीहरुको ६० वर्ष ९ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको प्रहरी उपरिक्षक धमलाले बताउनु भयो । अायाेजित पत्रकार सम्मेलनमा डिएसपी भुवनेश्वर प्रसाद साहले यस अवधीमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर, कडोरबोना र कंचनपुरमा समेत गरि कुल ४ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिनु भयो । यसै अवधीमा भन्सार छलि अवैध रुपमा भित्राइएका २ करोड १२ लाख ८२ हजार ८ सय ७४ रुँपैया मुल्य बराबरको तीन थान पिकअप, ८२ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्रयाक्टर र दुई थान टेम्पु जफत गरि भन्सार कार्यालय बुझाइएको डिएसपी साहले जानकारी दिनुभयो । यता पछिल्लो समय फरार अपराधी पक्राउ गर्न तथा सीमानाका क्षेत्रमा अवैध कारोबार रोक्न प्रहरीले आक्रमक अभियान चलाएपछि एकपछि अर्को सफलता मिल्दै गएको डिएसपी साहको भनाई रहेकाे छ ।