शुभ नारायण यादव सप्तरी ,२६ पुस । भैसि चाेरि मुद्दाका आराेपितलाई सप्तरी प्रहरीले झन्डै २४ बर्षपछि पक्राउ गरेकाे छ । सप्तरीको साबिक पिप्रा गाबिस हाल कन्चनरुप नगरपालिका वडा न.४ का ५० बर्षिय लक्ष्मण सरदार बातरलाइ भेसि चाेरि गरेकाे आराेपमा पक्राउ गरेकाे हाे । स्थानिय भरत लाल बहरखेर यादवकाे भैसि चाेरि गरेकाे आराेपमा बातरलाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरिका डिएसपि एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारि दिनुभयाे ।डिएसपि साहका अनुसार पक्राउ परेका बातरलाइ १ महिना केद र ३७ हजार जरिवानाकाे फैसला गरेकाे थियाे तथा उनी विगत २४ बर्षदेखि फरार रहेकाे अवस्थामा प्रहरीले गाेप्य सुचनाकाे आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।यता पक्राउ परेका बातरलाइ जिल्ला अदालतबाट म्याद थप गरि थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।