शुभ नारायण यादव,
राजविराज २५ पौष ।
सप्तरीको महदेवा गाउँपालिका ४ डाढा स्थित भगवती मन्दिरको प्राङ्गणमा नेकपा प्रचण्ड–नेपाल समुहले संघर्ष समिति गठन गरिएको छ ।
संसद विघटन गरिएको विरुद्ध दवाव स्वरुप विभिन्न विरोध कार्यक्रम गर्न गाउँपालिका स्तरीय भेलाबाट दिपेन्द्र माझीको संयोजकमा ५१ सदस्यीय समिति गठन गरिएको हो ।
गठित सो समितिका सहसंयोजकमा वासुदेव यादव ,सुरेन्द्र यादव, राजनारायण साह,कृष्णा मंडल रहेको छ भने सदस्यहरुमा रामचन्द्र मंडल, रामनारायण सरदार, मो. डोमन,राधेश्याम यादव,रामविलाश यादव,उमेश यादव, राजाराम यादव, हरिनाराण यादव, पुरुषोत्तम मंडल, जयनारायण अधिकारी, देवु राम, कृतनारायण यादव, भिमशेन माली हरेराम मंडल,भागवत साह, वैजु कामैत शत्रुधन यादव, लगायत सदस्य संघर्ष समितिमा चयन गरिएको छ ।
भेलालाई जिल्ला अध्यक्ष अशोक कुमार मंडल को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेकपाका प्रदेश सदस्य तथा २ नं. प्रदेश संघर्ष समितिका संयोजक महेश प्रसाद यादव लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।