शुभ नारायण यादव,
राजविराज २५ पौष ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरममा आगलागीबाट २ थान घर १ थान गाईगोठ तथा १५ लाख बरावरको अन्य खाद्यान्न सामग्री डडेर नष्ट भएको छ ।
लोखरममा साता पिच्छे आगो लागेको घटना हुदै आएकोमा शनिवारको तेश्रो आगो लागेको घटना हो ।
पछिल्लो पटक बिहान स्थानिय राजदेव सुतिहारको गाईगोठबाट लागेको आगोले थप दुई घर समेत जलेर नष्ट भएका छन् ।
अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको घर जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् ।
आगलगिमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न जलेको छ । यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
यसअघि सोही टोलमा पुस १४ गते सोनाई सुतिहार तथा पुस १८ गते महाबिर साहको घरमा आगलगी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।
प्रायजसो लगातार आगलगी हुन थालेको तर, कारण खुल्न नसक्दा स्थानिय त्रसित भएका छन् । सोही टोल निवासी पूर्वसांसद सकलदेव सुतिहारले आगलगीका डरले चिसोका वावजुद विगत एक महिना देखि स्थानियले घुर बाल्न छाडेको बताउनु भयो ।
“तै पनि निरन्तर आगलगि हुँदा गाउँमा त्रास फैलिएको तथा यसबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
उहाँले गाउँकै केही उच्श्रृखल ब्यक्तिले यस्तो घटना गराइरहेको आशंका समेत व्यक्त गरेका छन् ।