शुभ नारायण यादव,
राजविराज, १२ चैत्र ।
चैत्र बैशाख महिनाको शुरुवातसगे सप्तरीमा आगलागिको घटनामा बृद्धि भएको छ । यसै क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.३ भुसिमोलिया टोलमा आज दिउसो आगलागी हँुदा झण्डै ६ लाख भन्दा बढिको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । स्थानिय बिन्दुलाल साहको घरबाट अचानक सल्केको आगलागिमा साहको एउटा फुसको घर जल्नुका साथे छिमेकीहरु जिलोविया पाल र रामपृित पालको १÷१ घर तथा घरमा रहेका सम्पूर्ण सर समान जलेर सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । डिएसपि काफ्लेका अनुसार आगलागि कसरि भयो खुल्न नसकेपनि सो आगलागिमा राम प्रित पालको घरमा रहेका नगद १ लाख ५ हजार सहित धान ,चामल ,गहु लगायत छिमेकि जिलोबिया पालको २ वटा बाख्राको पाठो समेत जलेर मरेका छन । यता आगलीिग स्थानियबासि ,सशस्त्र तथा इलाका प्रहरी कार्यालय कडरबोना र राजविराज तथा लहानबाट आएको बारुण यन्त्रको सहयोगमा सो आगलागी नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ ।