शुभनारायण यादव,
राजविराज २४ पौष ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा वडा कार्यालय एवं स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ ।
गाउँपालिकाको वडा नं. ६ मा छुट्टाछुट्टै स्थानमा वडा कार्यालय र स्वास्थ्य चौकी भवनको शिलन्यास राष्ट्रसभा सदस्य शेखर कुमार सिंहले गर्नु भएको हो ।
कार्यालय भवनका लागि दुईकट्ठा जग्गा खरिद गरी शिलन्यास गरिएको भवन निर्माणका लागि २५ लाख रकम विनियोजन गरी बहुवर्षिय योजना तहत राखिएको हो ।
विगत चार वर्ष देखि भाडा तिरेर कार्यालय संचालन भई रहदा अव भवन बन्ने क्रमको प्रारम्भ भएमा स्थानीयहरु निकै खुशी भएका छन् ।
गाउँपालिका को अध्यक्ष सतिश कुमार सिंहले स्वास्थ्य चौकी तथा १ का कार्यालयको भवन निर्माण गर्ने प्रतिवद्धता गरिएको थियो र सो निर्माणका लागि पटक–पटक छलफल भएपनि कार्यान्वयन तर्फ वाधाअडचन आउँदै गर्नाले बल्ल भवन निर्माण हुने निष्कर्ष पुगेर सोको शिलन्यास भएको हो ।
वडा अध्यक्ष गोविन्द यादव, गुलाव प्रसाद सिंह, लक्ष्मी प्रसाद मण्डल, गोपी मण्डल, खगेन्द्र मण्डल लगायतका उपस्थिती रहेको सो शिलन्यास कार्यक्रममा रा.स.स. शेखर सिंहले स्थानीय जनतालाई कठनाई लाई दृष्टिगत गरी सुलभता तथा सहजताका आधारमा यो भवन स्थल तथा कार्यालय लाभदायक हुने बताउनु भयो ।