शुभ नारायण यादव,
राजविराज २२ पौष ।
सप्तरीमा नेपाली सेनाको गाडीको ठक्करबाट बुधवार एकजनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका वडा न. १ रुपनी चोकमा सेनाको बा.१ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा न. २ का ६५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएक चौधरीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय सप्तरीले जनाएको छ ।
नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानटन गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।