शुभ नारायण यादव,
राजविराज २१ पौष ।
सप्तरीमा ट्रकको ठक्करबाट मंगलवार एक जना पुरुषको मृत्यू भएको छ । रुपनी गाउँपालिका वडा नं. ६ विरेन्द्र बाजार स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सो दुर्घटनामा विष्णुपुर गापा १ बासितपुर बस्ने ३५ वर्षिय रामकुमार खत्वे मण्डलको मृत्यू भएको जि.प्र. का सप्तरीका प्रवक्ता प्रहरी निरिक्षक भुवनेश्वर साहले जानकारी गराउनु भयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ठक्कर दिने ट्रकको नम्वर खुल्न सकेको छैन् । यता अगाडीको भागमा रगत लागेको तथा ट्रक नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहको सप्तरी प्रहरीले जनाएको छ ।