शुभ नारायण यादव,
राजविराज, २० पौष ।
सप्तरीमा नेकपा प्रचण्ड–नेपाल समुहका ७५१ सदस्यीय संघर्ष समिति सोमवार गठन गरिएको छ ।
सप्तरीको राजविराजमा आयोजित प्रदेश नं. २ को क्षेत्रिय भेलाबाट महेश प्रसाद यादवको संयोजकत्वमा सो ७५१ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
गठित सो संघर्ष समितिका संयोजकमा निरन्जन झा सहित स्थानीय तहका निर्वाचित पदाधिकारी ,पार्टी कमिटिका पदाधिकारी ,क्षेत्र भित्र रहेका जवस मोर्चाका सम्पुर्ण पदाधिकारीहरु रहने संयोजक यादवले जानकारी दिनुभयो । सो संघर्ष समितिको सचिवालयमा ५१ सदस्यीय रहने समेत जनाएको छ ।
पुर्व मन्त्री उमेश कुमार यादवको संयोजनमा आयोजित सो भेलामा जिल्ला कमिटिका सदस्य प्रताप नारायण चौधरी ,प्रदेश सदस्य छेदी रजक ,प्रदेश सभा सदस्य प्रमिला यादव ,जिल्ला सदस्य दिपेन्द्र माझी ,राष्ट्रिय युवा संघ सप्तरीका संयोजक बिनोद कुमार यादव ,मुस्लिम संघका जिल्ला अध्यक्ष मो.डोमन लगायतकाले संविधानको रक्षा र असंवैधानिक कदम विरुद्ध सबै एक जुट भएर लाग्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।
सोही सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री यादवले महान जनयुद्ध ,मधेश आन्दोलन र संयुक्त जनआन्दोलनको बलमा स्थापित गणतन्त्रलाई प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिगमनकारीको मदतियार भएको आरोप लगाउनुभयो । उहाँले आफुहरु संविधानको रक्षा र पार्टी एकतालाई अझ मजवुत पार्नको लागि यो संघर्षलाई अगाडी बढाएको बताउनुभयो । कार्यक्रमको समापन क्षेत्र न. २ का संघर्ष समितिका संयोजक महेश प्रसाद यादवले गरेका थिए ।