राजविराज १५ पौष ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.५ लोखरमका अग्निपिडित परिवारलाई एक सस्थाले राहत वितरण गरेको छ । हिजो आगलागीबाट लगभग २ लाखको नोक्सानी भएको सो स्थानिय अग्निपिडित पाँचु कामैतलाइ धर्मि हल्फा महिला विकास क्लवले बुधवार एक कार्यक्रमका बिच राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । क्लवले राहत स्वरुप त्रिपाल ,ताना ,झुल ,करही ,डेक्ची ,थाल ,गिलास लगायतका सामग्रीहरु वितरण गरेको क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारी दिनुभयो । विगत लामो समयदेखि निस्वार्थ भावनाले समाजसेवामा लाग्नुभएका समाजसेवि एव इ. यादवले सोहि समाराहेका बिचमा बडाअध्यक्ष शिव शङकर पण्डित र युवा पत्रकार शुभ नारायण यादवलाई सम्मान समेत गरेका छन । यता राहत पाएपछि अग्निपिडित परिवारले खुशी समेत ब्यक्त गरेका छन । गएराती भएको आगलागीमा झण्डै २ लाख मूल्य वरावरको क्षति भएको थियो ।