भूपदेव माली,
सप्तरी , १४ पौष ।
प्रधानमंत्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरिएको विरुद्ध विभिन्न दलहरु सडकमा उतरेको अवसरमा राजतन्त्र र हिन्दु राष्ट्रको माँग गर्दै सप्तरीमा राजावादीले निकालिएको ¥यालीलाई केही गण्तन्त्रवादी यूवाहरुले अवरोध पु¥याएका छन् ।
सप्तरी समाजको अगुवाईमा सप्तरी राजविराज स्थित शिव मन्दिरबाट निकाल्न लगिएको ¥यालीलाई राजाको पूनस्थापना हुन नदिने भन्दै काँग्रेस, कम्यूनिष्ट तथा जसपाका यूवा कार्यर्ताहरुले सो अवरोध गरेका हुन् ।
‘वर्षौदेखिको आन्दोलनपछि जनताले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हुन्, तर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त अनेकौं षड्यन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी आवद्ध विद्यार्थी नेता शम्भु यादवले आफुहरुले यो कदापी पनि स्वीकार्य नहुने बताउनुभयो ।
अब उपरान्त पनि यस्ता खालका कुनै पनि गतिविधी गर्न नदिने र गर्न खोजे सशक्त रुपमा विरोध गर्ने विद्यार्थीहरुको अडान रहेको विघार्थी नेता किशोर कुमार यादव केसिको भनाइ रहेको छ । यता सदरमुकाम राजविराजमा राजा आउँ देश बचाउ भन्ने नाराका साथ जुलुस समेत प्रदर्शन गरिरहेका छन भने अर्कोतिर ठाउँ ठाउमा ब्यापक मात्रामा प्रहरी समेत परिचालन गरिएको छ ।