शुभ नारायण यादव ,१३ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहका राष्टिय युवा संघ तथा अनेरास्ववियुका विधार्थीहरुले अाज साझँ सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरेको छ । स्थानिय शिव मन्दिरवाट निस्केको मशाल जुलुस दशन चौकमा पुगेर बिराेध सभामा परिणत भएको थियाे । साे विराेध सभामा नेकपाका पुर्व मन्त्री उमेश कुमार यादव , वडाअध्यक्ष प्रेम कुमार यादव , छेदि रजक बिमल ,अखिलेश झा लगायतका बक्ताहरुले अा अाफनाे धारणा राखेका थिए ।