लिलाकान्त यादव – शुभनारायण यादव,
राजविराज १३ पौष ।
प्रधानमंत्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारी द्वारा प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध सप्तरीको प्रतिनिधि सभा निर्वाचन १ मा विरोध ¥याली नेपाली काँग्रेसले सोमवार प्रदर्शन गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा भारदहमा अवस्थित कंकालिनी मंदिरबाट निकालिएको जुलुस भारदह बाजार परिक्रमा गरी शहिद राजिव चौक स्थित कोणसभामा परिणत भएको थियो ।
नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिको आयोजनामा तथा नेकाँ अध्यक्ष बद्री महत्मानको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस समर्थक जनप्रतिनिधिहरु काँग्रेस भित्रका विभिन्न संगठनका नेता एवं कार्यकर्ता लगायत पाँचसय भन्दा वढी मानिसहरुको उपस्थिती रहेको थियो ।
क्षेत्रिय कार्य समितिका सदस्य कृष्ण प्रसाद ढकालले कार्यक्रम संचालन गरेको सम्पन्न सो विरोध सभामा नेकाँका केन्द्रिय सदस्य एवं पूर्व मंत्री हेमराज तातेड, पूर्व के.स. रामकुमार चौधरी, पूर्व माननीय नागेन्द्र भाm, संविधान सभा सदस्य मुन्नी गुप्ता, संघिय सांसद उम्मेदवार रामदेव साह, प्रदेश सभा उम्मेदवार सुवोध कुमार पोखरेल, पूर्व महिला संघ की सदस्य लक्ष्मी गिरी,स्थानीय नेता विनोद माझी, उमेश मिश्र, कमलेश विराजी, मुरलीधर खिडहरी, घनानन्द यादव, उमेश बस्नेत कृष्णसावरण गापा अध्यक्ष परशुराम चौधरी लगायतकाले प्र.म. केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरी नया निर्वाचनको घोषणा विरुद्ध अविलम्ब निर्णय फिर्ता लिने बारे विरोध मन्तव्य राखेका थिए ।
यसरी नै सोही कार्यक्रम राजविराजमा सम्पन्न भएको छ । संसद विघटनको विरोधमा सोमवार नेपाली काँग्रेस सप्तरी क्षेत्र नम्बर २ द्वारा सप्तरीको सदरमुकाम राजबिराजमा प्रतिगामी कदमका बिरूद्व विशाल जुलुस प्रदर्शन गरेको छ । सप्तरीको सदरमुकाम राजविराज स्थित शिव मन्दिरको प्राङगणबाट हजारौं नेता कार्यकर्ताहरुको सहभागीतामा निकालिएको जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । सो बिरोध सभामा काँग्रेसका क्षेत्रिय अध्यक्ष महानन्द यादव अध्यक्षतामा आयोजित कार्यक्रममा सासद गिता यादव ,काङ्ग्रेसका सचिव रामकुमार यादव ,नगर सभापति शम्भु लाल देव ,नन्दकिशोर यादव , इर्साद अन्सारि ,अर्जुृन साह लगायतका बक्ताहरुले प्रधानमन्त्रि केपि शर्मा ओलि र राष्ट्रपति विघा देवि भण्डारीले गरिएको असवेधानिक सन्सद विघटनको घोर भत्सर्ना गर्दै यस्तो कदम नसच्याञ्जेल काङ्ग्रेसको आन्दोलन नरोकिने बताउनुभयो ।