शुभ नारायण यादव सप्तरी ,१३ पाेेेेेेैष।
सप्तरीमा एक १७ वर्षीया किशोरीको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा न. ६ कि १७ वर्षीया नेमिया कुमारी पण्डितको कुटानीपिसानी गर्ने मिलको फितामा कपाल बेरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले जानकारि दिनुभयाे ।सिहका अनुसार आफैँ मिल चलाउँदै गर्दा उनी फित्तामा बेरिन पुगेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका प्रहरीले जनाएको छ। घटनालाई नजिकबाट देखिरहेको एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनाको थपअनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। यताकिशोरीको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।