शुभ नारायण यादव सप्तरी ,१२ पुस ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरि शङकर आचार्यले सप्तरीमा जनचेतना अभावकै कारण लैङ्गिक हिंसाकाे घटनामा बृद्धि भएको बताउनुभएको छ । सामुदायिक प्रहरी ,Coap र सेतु सामुदायिक तथा मानवअधिकार विकास मन्चकाे आयाेजनामा आज राजविराजमा आयाेजित लैङ्गिक मैत्री समाज निर्माणमा हाम्रो भुमिका सम्बन्धमा प्रहरी नागरिक अन्तर सम्वाद कार्यक्रममा प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदे प्रजिअ आचार्यले साे कुरा बताउनुभएको हाे । उहाले तराई मधेशका ग्रामीण भेगका महिलाहरु अझे पनि शिक्षाको पहुच नभएका कारणले यस्ताे अवस्था आएकाे बताउनुभयाे ।मन्चका अध्यक्ष जङ्ग बहादुर सिहकाे अध्यक्ष्ातामा आयाेजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपि राजेन्द्रप्रसाद धमला ,सशस्त्र प्रहरीका एसपि राजु श्रेष्ठ ,सामुदायिक प्रहरी सेवा मन्चका अध्यक्ष हित नारायण लाल दास ,नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष धिरेन्द साह , दिनानाथ यादव ,महिलानेतृ सुनिता साह ,करुणा झा ,सन्जय शर्मा ,ललिता साह लगायतका बक्ताहरुले मधेशमा अझै पनि महिलाहरुमाथि दाइजाे ,बाेक्सि लगायतका कारणले हिसाकाे घटनाहरु बढदे गएकाले यसका लागि सम्पूर्ण सराेकारवाला निकायहरु जागरुक र सचेत हुनुपर्नेमा जाेड दिनुभयाे । उक्त कार्यक्रमकाे सन्चालन मन्चकि आभासेतु सिहले गर्नुभएको थियाे ।