शुभ नारायण यादव,
राजविराज ११ पौष ।
प्रधानमंत्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारी द्वारा प्रतिनिधि सभा विघटन गरेर ल्याएको असंवैधानिक कदमको विरुद्धमा आज सप्तरीको राजविराजमा बृहत मसाल जुलूस प्रर्दशन गरेको छ । राजविराज स्थित शिव मन्दिरको प्राङगणबाट सयांैको सहभागितामा निकालिएको बृहत् मसाल जुलुस नगरको विभिन्न भागको परिक्रममा पश्चात् जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । सो विरोध कार्यक्रममा जसपा नेपालका महिला संघ केन्द्रीय उपाध्यक्ष किरण साह , प्रदेश महिला संघकि उपाध्यक्ष गीता यादव ,रमिला साह , राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिनोद कुमार मंडल , सप्तरी जिला अध्यक्ष महेश कुमार यादव , युवा नेताहरु केदार यादव , विपिन सिंह ,सुधिर यादव लगायतका बक्ताहरुले केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारीको असंवैधानिक कदमको बिरोध गरेका थिए । सन्सद विघटनपछि जसपा नेपालले सप्तरी सहित तराई मधेशका विभिन्न जिल्लाहरुमा दिनहु बिरोध प्रदर्सन गर्दै आइरहेका छन ।