शुभ नारायण यादव
सप्तरी , ०६ पुष ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले प्रदेश २ मा सबभन्दा बढी भ्रष्टाचार भएको बताउनुभएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा आज आयोजिक बृहद विरोध सभा तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो।
नेपाली कांग्रेस शम्भुनाथ नगर कार्य समितिले आयोजना गरेको सो कार्यक्रममा उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार गरे तर, सबभन्दा बढी भ्रष्टाचार कुन प्रदशेमा भयो भन्ने त्यो प्रदेश नं. २ हो बताउनुभयो ।
नगर सभापति सुरेन्द्र भगतको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री बस्नेतले मधेसी जनताको रगतको होली खेलेर मधेसवादी दलहरु जितेको स्थानीय तहहरुमा पनि भ्रष्टचार प्रदेश भन्दा कम नरहेको बताउनुभयो ।
महालेखा परिक्षण प्रतिवेदनले ४५ प्रतिशत भ्रष्टाचार यसै प्रदेशमा भएको देखाएको प्रसँग उल्लेख गर्दै उहाँले यस विषयमा संसदमा पनि आवाज उठेको स्मरण गराएका छन् ।
कार्यक्रममा प्रदेश २ सभा सदस्य मो समिम, नेपाली कांग्रेस सप्तरी सभापति दिनेशकुमार यादव, क्षेत्र ४ सभापति किरण भगत, पूर्व सभासद् सुरेन्द्र यादव, जिल्लाका पूर्व सचिव सबुरलाल साह, पूर्व क्षेत्रीय सभापति भगवती प्रसाद यादव लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै, आयोजित रक्तदान कार्यक्रममा अमेन्द्र यादव, इन्द्रनारायण साह, शिवनारायण चौधरी, धनी लाल चौधरी, अशोककुमार साह, ललितकुमार चौधरी लगायत दश जनाले रक्तदान गरेका छन ।