शुभ नारायण यादव
राजविराज, ०२ पौष ।
उखु किसानहरुले जारी राखेको आन्दोलनप्रति ऐक्येवद्धता जनाउँदै सप्तरीका अगुवा किसानहरुले विहिवार सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराज अगाडि एक घण्टा सम्म धर्नामा बसेका थिए ।
जनता समाजवादी पार्टी निकट किसान संघको अगुवाईमा जिल्ला प्रशासन अगाडि दिउसो १२ बजेदेखि १ बजेसम्म किसानहरु धर्नामा बसेका हुन ।
उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर्नुपर्ने , धानको समर्थन मूल्य लागु गर्नुपर्ने, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माँगहरु अघि सार्दै किसान सङघले धर्ना सो दिएका थिए ।
किसानहरुको समस्याप्रति सरकारले वेवस्ता गरिएको सँगै उखु किसानहरुको माँगलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको युवा नेता एव आन्दोलनका अगुवा दिपेन्द्र चौधरीले बताउनु भयो । यस्तै समस्या समाधानप्रति ध्यान नदिए अझै सशक्त रुपमा कडा आन्दोलन गर्न बाध्य हुने अर्का नेता बिनोद कुमार यादवले जानकारी दिनुभयो । यदि किसानहरुको जायज माँग अविलम्ब कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकायले ध्यान नदिएको अवस्थामा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । स्मरण रहोस उखु किसानहरुलाई विगत लामो समयदेखि भुक्तानी नदिएकोले अहिले देशभरिनै सो सम्बन्धमा चर्को विरोध भइरहेको छ ।