सप्तरी ,२७ मङ्सिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं 6 कटैया गाउँमा भारतीयकाे कुटाइबाट मृत्यु भएका परिवारलाई आज नगरपालिकाले नगद प्रदान गरेकाे छ । भारतिय सिमानामा खेतको कारण झगडा हुँदा भारतीय बासीको निर्घात कुटपिटका कारण स्थानिय रामदेब यादवको मृत्यु भएको थियाे । यसेबिच मृतक यादवका श्रीमती लाई डाक्नेश्वरी नगरपालिकाका तर्फबाट उपप्रमुख ईन्दु देवी यादवले रु ५१ हजारको चेक हस्तान्तरण गरिएको छ । यसअघि श्रीमानकाे मृत्यु भए पछि पिडित परिवार कष्टकर जीवन यापन गर्नुृका साथै घर परिवार तथा छाेरा छाेरिहरुलाइ गुजारा गर्नमा समस्या परिरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयाेग गरेपछि खुशि ब्यक्त गरेका छन ।