शुभ नारायण यादव सप्तरी ,२७ मङ्सिर ।
सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका बेचन मुखियाकाे पिकअप भ्यानमा आज बिहान अपरिचित ब्यक्तिहरुकाे एक समुहले आगजनि गरेकाे छ । आफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा आगलागि हुदा झन्डै २४ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान करिब १ बजेतिर घर अगाडि राखिराखेकाे अवस्थामा परालमा पेट्रोल छर्केर आगजनि गरेको पिडित मुखियाले बताएका छन । साे पिकअपकाे आगजनि स्थानियबासि ,प्रहरी तथा राजविराजबाट आएकाे बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता पिकअपमा आगजनि ब्यक्तिगत राजनितिक रिसिभिका कारणले भएको तथा साे घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।