शुभ नारायण यादव सप्तरी ,२६ मङ्सिर ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेकाे छ । सप्तरीको रुपनी गाउपालिका वडा न.२ पिपराहीको अग्निपीडित राजदेव मण्डललाई राहतस्वरूप क्लवले आज विभिन्न सामग्रीहरु वितरण गरेका हुन । क्लवले राहत स्वरुपत्रिपाल,झुल,तन्ना,धोती,साडी,थाल,गलास,कराही,डेकची,छोलनी लगायतका सामाग्रीहरु वितरण गरेकाे संस्थाका अध्यक्ष एव समाजसेवी ई. सूर्य नारायण यादवले जानकारि दिनुभयो । गत कार्तिक २९ गते आगलागि हुदा ३ लाखभन्दा बढीको क्षति भएको थियाे । साे राहत वितरणमा स्थानीय समाजसेवी बलराम यादव कर्णेल,बिन्देश्लर साह,बीरेन्द्र मण्डल,राजेन्द्र मण्डल लगायतका स्थानीय व्यक्तीहरुकाे उपस्थिति रहेकाे थियाे ।