राजविराज २३ मंसिर ।
सप्तरीको छिन्नमस्ता गापा ३ सखडा स्थित सखडा मा.बि. को प्रागँनमा यूवतीहरुको आत्मरक्षा सम्बन्धी तालिम तथा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजित लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने मूलनाराका साथ सम्पन्न सो कार्यक्रममा पालिका वडा २ र ३ गरी ८0 जना बालिकाहरु सहभागी भएको आसमान नेपाल कि शान्ता सिंहले जानकारी गराए । UKAID , STREET CHILD, AASMAN NEPAL एवं सहारा नेपाल द्वारा आयोजित कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न.३ का वडाअध्यक्ष दिपेन्द्र यादव ले सरकारले शिक्षा क्षेत्रमा प्रयाप्त लगानी गरेकाले यस तर्फ दलित बालबालिकाहरुको ध्यान केन्द्रित हुनुपर्ने जरुरी रहेको बताउनुभयो ।उहाँले पछिल्लोपटक बालबालिकाहरुले आत्महत्या गर्ने घटना बढेकाले यसलाई न्यूनिकरण गर्नेमा हामीले सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । त्यस्तै सोहि कार्यक्रममा युवा पत्रकार शुभ नारायण यादवले दलित बालबालिकाहरु अहिले पनि शिक्षाको पहुँचबाट टाढा रहेकाले बालबालिकाहरुलाइ समान शिक्षाको पहुँच हुनु पर्नेमा जोड दिनुभयो । उहाले शिक्षा नै उज्यालोको ज्योती रहेकाले शिक्षामा सबेको पहुँच हुनुपर्ने र स्थानीय निकाय द्वारा बालबालिकाहरुलाइ शिक्षामा संस्थागत गर्नुपर्ने बताउनुभयो सो तालिम सामाजिक दुरी कायम गर्दै आत्मरक्षाको तालिम प्रदान गरिएको थियो । तालिममा आसमान नेपाल की शान्ता सिह , नन्दनी कुमारी यादव र विघान्नद मरिक सहितको सहभागिता रहेको थियो ।