शुभ नारायण यादव
सप्तरी , २३ मंसिर ।
सप्तरीको बोदे बरसाईन नगरपालिकामा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ती नाकाबाट लागुऔषध ओसारपसार गर्नेहरुको सङ्ख्यामा वृद्धि भएकोले प्रहरी द्वारा गस्तीमा सक्रियता देखाउदै ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको प्रहरी टोलीले चेकजाँचको क्रममा बोदे बरसाईन नगरपालिका वडा न. ५ जाँजरबाट सो दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बोदे बसाइन नगरपालिका वडा न. ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चिदानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीको टोलिले स ३ प ३६६१ नम्बरको मोटरसाइकलमा सवार भएर गइरहेका दुवै जनाको साथबाट १० थान डाइजिल्याव एम्पुल, ८ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका जि.प्र.का. का प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो। यता पक्राउ परेका दुवै जनामाथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।