शुभ नारायण यादव सप्तरी ,२२ मङ्सिर । धर्मी हल्फा महिला विकास क्लव द्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेकाे छ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न.-७ को अग्निपीडित परिवार राम कृपाल यादवलाई राहतस्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन ।क्लवले राहत स्वरुप त्रिपाल, झुल,तन्ना, धोती लगायतका सामग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे । साे राहत वितरणमा सप्तरीको बोदे बर्साईन नगरपालिकाका प्रमुख आतेष कुमार सिंह यादव , ईलाका प्रहरी प्रमुख अयोध्याशरन यादव , पत्रकार लोकेन्द्र प्रसाद यादव, बद्री नारायण गडेरी लगायतका ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।