शुभ नारायण यादव,
सप्तरी ,२१ मङ्सिर ।
कोरोनाका कारण बन्द रहेको नेपाल भारतको कुनौली नाका खुलाउन आईतवार सप्तरीको कुनौली भंसार स्थित १ घण्टा धर्ना दिएका छन ।
नेपाल भारत खुला सिमा सम्बाद समूहद्बारा प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको तिलाठी, बेल्ही भन्सार खोल्नु पर्ने माग गर्दै सो १ घण्टा धर्ना कार्यक्रम गरिएको हो ।
सम्पन्न धर्ना कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद मनीष कुमार सुमन, जसपा नेपालका केन्द्रीय सदस्य तथा नेपाल भारत खुला सिमा सम्बाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल, राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादब, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतीश कुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, नेता गुडु देब लगायत स्थानीय नेता तथा स्थानीय नेता तथा जनताहरुको उपस्थिति रहेको थियो ।
यसरी नै आयोजक समितिको निर्णय अनुसार २ दिन भित्र सो नाका नखुलेको खण्डमा मङ्सिर २४ गतेदेखि अनिश्चितकालीन धर्ना लगायतका कार्यक्रमहरु गर्ने जसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले जानकारि दिनुभयो ।