भूपदेव माली
चैत्र २१ गते/ राजबिराज।
मधेश प्रदेशका पांच जना मन्त्रीहरुले मुख्य मन्त्री सरोज कुमार यादव समक्ष राजीनामा दिएका छन्।
मधेस प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी रहेका मंत्रीहरु मंगलबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा पत्र प्रस्तुत गरी राजीनामा दिएका हुन्।
राजिनमा दिनेहरुमा मन्त्री सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय ,मन्त्री राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय, मन्त्री शत्रुधन प्रसाद सिंह गृह तथा संचार मन्त्रालय, मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र राज्यमन्त्री केशव राय गृह तथा संचार मन्त्रालय बाट रहेका छन्।
उपरोक्त मन्त्रीहरुले नेपालको संविधान को धारा १६९ को उपधारा (२) को खन्ड( क) अनुसार राजिनामा पत्र दिँदा मुख्यमंत्री द्वारा सो राजिनामा पत्र स्वीकृत गरी आजकै दिनबाट उपरोक्त मन्त्रालयहरु आफ्नो अन्तर्गत राखेको मधेस प्रदेश सरकार द्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको समाचार छ। एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेश प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् । एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस, नेकपा एस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री यादवको तयारी छ ।