शुभ नारायण यादव,
राजविराज, १० फाल्गुन
सप्तरीमा शरीरमा आगोले पोल्दा गम्भीर घाइते भएकि एक महिलाको मृत्युु भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णाशवरण गाउपालिका वडा न. ३ मटिगढा बस्ने बन्दीलाल भगतको पत्नी ५० बर्षिया दरोपति कुमारी भगतले आफनै घर पछाडि दक्षीण अवस्थित बाटोमा बालेको घुर तापने क्रममा जिउमा लगाएको साडीमा आगो सलकी छाति देखि मुनि सम्मको शरीरमा पोली गम्भीर घाईते भएको हुँदा तत्काल गम्भीर घाइते महिलाको उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएको थियो। त्याहाँ समान्य उपचार पश्चात थप उपचारका लागि बि .पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीको धरान अस्पताल लगिएको थियो । उपचार पछि डिस्चार्ज भई साबिक घर खडक नगरपालिका वडा न.११ बनौली लगिएको केही दिन पछि पुन स्वास्थ्य अवस्था बिग्रिएको हुँदा बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि पुन गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्र. ना. उ.नरेश कुमार सिंहले जानकारी दिनुभयो । यता सो घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।