सप्तरी, मंसिर २०।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ३ स्थित बथनाहामा शनिबार निः शुल्क माटाे परीक्षण शिविर कार्यक्रमको आयोजना गरियो ।उक्त कार्यक्रम भूमि ब्यबस्थापन तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रमुख आतिथीको रुपमा रिवन काटेर उदघाटन गर्नुभयो । महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवकाे अध्यक्षतामा कार्यक्रमकाे आयाेजना गरियाे । महादेवा गापाका ६ वटा वाडका जम्मा २सय ४५ जनाकाे माटाे परीक्षण गरिएको परीक्षण शिविरका संयोजक सुनिल कुमार सिंहले बताए । उक्त कार्यक्रमा जसपाका नेता चितरन्जन यादव, शशी यादव ,जसपाका जिल्ला अध्यक्ष केदार यादव र ६ का वडाध्यक्ष उमेश यादव लगायतकाले मन्तबय ब्यक्त गर्नुभयो ।कार्यक्रमको संचालन सुर्य नारायण अधिकारीले गरेका थिए ।