शुभ नारायण यादव,
राजविराज, ०४ फाल्गुन ।
जे.भी. फाउन्डेसन द्वारा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१,बरही – बीरपुर स्थित स्वास्थ्य चौकीमा रक्तदान गरिएको छ ।
वडा नं १ को स्वास्थ्य शाखाको सहयोग र जे. भी. फाउन्डेसन नेपाल राष्ट्रिय समिति, मधेश प्रदेशको आयोजनामा आयोजित सो रक्तदान कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न. १ का वडाअध्यक्ष ललन प्रसाद यादवको अध्यक्षतामा तथा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यकममा विशिष्ट अतिथि जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादव ,कार्यपालिका सदस्य तीर्थ नारायण राय, छिन्नमस्ता गाउँपालिकाका प्रशासन कर्मचारी दीपेन्द्र यादव ,जे. भी. फाउन्डेसन मधेश प्रदेश प्रमुख कुशेश्वर यादव ,पूर्व छिन्नमस्ता गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विनोद यादव लगायतकाहरुको सहभागीता मा सो रक्तदान गरिएका हुन् । आयोजित रक्तदान कार्यक्रममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आफैबाट यस पटक गरी ३३औं पटक रक्तदान गरी रक्तदान कार्यक्रको शुभारम्भ गर्नु भएको थियो भन्ने सो रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।