
शुभ नारायण यादव, सप्तरी,२५ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक(sp) अभि नारायण काफ्लेलाई सम्मान सहित विदाई गरेका छन् । छिन्नमस्ता गाउँपालिकाको सभा हलमा भएको सम्पन्न एक कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय भरभलादमी, नागरिक समाजले सम्मान सहित विदाई गरेका हुन् । आयोजित विदाई समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत ललन यादवले प्रहरी उपरिक्षक(sp) काफ्लेको कामको उच्च सम्मान गर्दै भने -“मधेश प्रदेशबाट तपाईको सरुवा जुनसुकै ठाउँमा भएपनि मैथली भाषालाई उपहार सरह मिथिलाबाट ग्रहण गरिदिनु” आग्रह समेत गर्नुभयो । त्यसलगतै समारोहलाई सम्बोधन गर्दै sp काप्लेले भने, “मेरो जन्मभूमि छिमेकि जिल्ला सुन्सरीमा भएको हुनाले जन्मको भाषा मैथलीनै भएको हुनाले मैथलीभाषा प्रतिमेरो उच्च सम्मान रहेको” बताउनु हुदै” सप्तरी बसाईको १५ महिनामा चुनौति नै चुनौति भएको पहाडको विच आम नागरिकको सहयोगले शान्ति स्थापना, नागरिकका समस्या समाधानका साथै स्थानिय चुनाव, प्रदेश र संघको चुनाव सहज रुपमा सफल गर्न सकेको” बताए । वहाँले”काम गर्नेले सम्मान पाउँछ र यो सम्मान कार्यक्रमले काम गर्न थप उर्जा मिल्ने” sp काफ्लेले बताए । आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले स्थानिय तहको निर्वाचनलाई शान्ति पूर्वक सम्मन्न गराउनुमा प्रमुख मोर्चामा रहेका सप्तरी प्रहरी प्रमुख sp काप्लेको प्रशंसा गर्दै भने “तपाईले जनतालाई सहजै भेट नहुने प्रहरी प्रमुखहरु मध्येको एक हुनुहुन्छ, तपाईले लगाउँनु भएको गुण छिन्नमस्ता बासीलगायत सप्तरी बासीले सम्झिरह्ने “अध्यक्ष चौधरी आफ्नो विचार व्यक्त गरेका थिए ।
