शुभ नारायण यादव,
तामांग समुदायहरुको २८५९औं सोनाम ल्होसारको अवसरमा अग्नि पिडित परिवारलाई राहत बितरण गरेको छ ।
एक अर्काको संस्कृति ,भाषा र भेषको सम्मान गरौंःएक अर्काको सुखदुखमा सहयोग गरौं, सहभागी बनौं भन्ने उदेश्यले धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा सप्तरीको तिरहुत गाउपालिका वडा न. –४ डिमनका अग्नि पिडित परिवारलाई एक कार्यक्रमका बिच राहत बितरण गरेका हुन । डिमनका अग्निपीडितहरु हरेराम यादव,तेज नारायण यादव र ओम नारायण यादवका परिवारहरुलाई राहत स्वरुप त्रिपाल ,झुल ,तन्ना ,लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू बितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत माघ ५ गते आगलागी हुदा चोपायाहरू जलेर मर्नुका साथै अनुमानित १० लाख भन्दा बढिको धनसम्पतिको क्षति भएको थियोे ।
उक्त राहत बितरण कार्यक्रममा प्रहरी चोकी डिमनका प्रहरी सहायक निरीक्षक राजकिशोर कुमार यादव, प्रहरी बरीष्ट हवलदार पप्पू यादव,अजित नारायण यादव,राजकुमारी लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।