शुभ नारायण यादव,
राजविराज, १८ मंसिर ।
सप्तरीको राजविराज नगरपालिका वडा न. ५ स्थित जनमत पार्टीको क्षेत्र नं. २ को क्षेत्रीय जनसम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यालय स्थापनाको अवसरमा क्षेत्र नंं २ ख मा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित महेश प्रसाद यादव एवं सुरज सिंहको संयुक्त रुपमा होम,जाप,पुजा,पाठ गर्दै क्षेत्र नं. २ का पार्टी सदस्य तथा जनताका संपर्कका लागि सो जनसम्पर्क कार्यालय स्थापना गरिएको हो ।
यस जनसम्पर्क कार्यालयबाट क्षेत्र नं. २ को प्रदेशसभा १ र २ दुबैको आम जनताको समस्या,गुनासो,लगायतको लागि मो.न.ं ९८०७७०६५९८ समेतबाट आ आफनो गुनासो,प्रतिक्रिया,समस्या राख्न सक्ने प्रदेशसभा सदस्य यादवले जानकारी दिएका छन् । क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना पुर्व पण्डित रामचन्द्र ठाकुरद्दारा होम,जाप,पुजा,पाठ गर्दै यस गृह प्रवेशको लागी ईश्वरसंग कामना समेत गरेका थिए । सो अवसरमा पार्टीका जिल्ला ईनचार्य ममता झा,नेता कृष्णचन्द्र मण्डल,नरेश राउत,मनोज यादव,अनिल झा, लगायतको उपस्थिती रहेको थियो ।