सप्तरी ,१९ मङ्सिर । सप्तरीको हनुमानगर कङकालिनि नगरपालिका वडा न.३ गिदखाेराका किसानहरुलाइ अनुदानमा आलुकाे बीउ प्रदान गरेपछि व्यवसायिक रुपमा त्यहाका किसानहरु आलु खेति गर्न तर्फ अग्रसर भएका छन । एक गाउँ एक बालि अवधारणा र जलवायु उत्थानशिल खेति प्रविधि अनुसार सामुहिक आलु राेपन कार्यक्रमकाे आयाेजना गरेपछि त्यहाका किसानहरुले सामुहिक आलु खेति गर्ने तर्फ अग्रसर भएका हुन । C TBR Project , Lutheran world Relief र काेशि पिडित समाज सप्तरीको सहयाेगमा महुलि सामुदायिक कृषक समुहका १५ जना किसानहरुलाइ प्रति किसान १ क्विन्टलका दरले सस्थाले निशुल्क रुपमा आलुकाे बीउ वितरण गरेपछि त्यहाका कृषकहरु आलु खेति तर्फ अग्रसर भएको समुहका अध्यक्ष हरि नारायण यादवकाे भनाइ रहेकाे छ ।
त्यस्तै साेहि ठाउका कृषक समुहका सचिव सत्यनारायण यादवले समेत उक्त सस्थाले निशुल्क रुपमा आलुकाे बीउ उपलब्ध गराएपछि आफुले पनि १ कठ्ठामा आलु खेति गर्न लागेकाे तथा यसबाट राम्रो आम्दानि हुन सकिने विश्वास ब्यक्त गर्नुभएको छ । यसै गरि साेहि ठाउका कृषक समुहकाे सदस्य समेत रहेकाे मुसहरु यादवले आफुले पनि झण्डै यसपालि २ कठ्ठामा आलुकाे व्यवसायि खेति गर्न लागेकाे तथा यसबाट फाइदा भएको खण्डमा अन्य वर्ष अझै बढि खेति गर्ने बताउनुभयो । उक्त कार्यक्रममा काेशि पिडित समाजका कार्यक्रम सन्याेजक श्रवण चौधरी ,कार्यक्रम अधिकृत सुकदेव चौधरी ,जिल्ला कार्यक्रम सयाेजक प्रविण कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव , सस्थाका जेटिएहरु पुजा गिरि ,प्रतिभा यादव , कृषक समुहका बिजय यादव सहितकाहरुकाे सहभागीता रहेकाे थियाे