2079-08-07 ; 3:20pm सप्तरी
सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-२मा जनमत पार्टीका अध्यक्ष समेत रहेका डा चन्द्रकान्त राउतको जित सुनिश्चित जस्तै रहेपनि केही मतगणना गर्न बाँकी रहेका छन्। अहिले सम्म मतगणना हुदाँ डा राउत दोबर मतले अगाडी रहनु भएका छन्।
सप्तरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट पहिलो पटक चुनावमा उठ्ठनु भएका जनमत पार्टीका अध्यक्ष राउत अत्यधिक मतले अग्रता कायम गरेका छन्। यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दोस्रो र लोकतान्त्रिक समाजवादी पार्टी उम्मेदवार तेस्रो स्थानमा रहेको प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले बताउनु भयो।
सप्तरी २ मा हालसम्म जनमत पार्टीका अध्यक्ष समेत रहेका उम्मेदवार चन्द्रकान्त राउत (सीके)ले ३२ हजार ८०१ मत प्राप्त गरी अगाडी रहेका छन् भन्ने जसपाका अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादवले १५ हजार ७०२ मत ल्याइ दोस्रो, लोसपाका जयप्रकाश ठाकुरले ६ हजार ४३२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् भने राप्रपाका कैला मंसुरी मियाँ- २०५ मत मात्र ल्याउन सक्नु भएका छन्।
अहिले सम्म मतगणना हुदाँ ५९ हजार ३८५ मत गणना भइसकेको छ भने कुल मतदाता ९५ हजार २९४ रहेका छन्। खसेको मतको ६७.५६ प्रति मतदान भएको थियो। यस अघि प्रतिनिधि सभा क्षेत्र नम्बर-२को १ बाट जनमत पार्टीकै सतिश कुमार सिंह र महेश प्रसाद यादवले दोबर मतले विजयी हासिल गरी सक्नु भएका छन्। उहाँहरू पहिलो पटक प्रदेश सांसदका लागि चुनावमा जित सुनिश्चित गर्नु भएका हुन।