शुभ नारायण यादव
राजविराज, ३१ असोज ।
आज भन्दा १८ वर्ष अगाडी स्थापना भएको सबल नेपाल राजविराजले अगामि बर्षमा झन्डै १९ करोडको कार्यक्रम सन्चालन गर्ने भएको छ ।
सबल नेपालको १७ औं बार्षिक साधारण सभामा सबल नेपालकी अध्यक्ष जुना गिरिले सार्वजनिक गरेको बार्षिक प्रतिबेदनमा सो कुरा उल्लेख गरिएको हो ।
सम्पन्न कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा झण्डै १८ करोड ७१ लाख ९४ हजार बराबरको बार्षिक अनुमानित बजेट सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिबेदन अनुसार समुन्नति कार्यक्रममा ५ करोड ८५ लाख , खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रममा ६ करोड २५ लाख , सोर्यउर्जा प्रबर्द्धन कार्यक्रममा १५ लाख १४ हजार , शुद्ध खानेपानी माथि सहज पहुचका लागि कार्यक्रममा ३५ लाख ५० हजार , देवि प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रममा ३ करोड ५० लाख , पुर्ण सरसफाइ अभियानमा १ करोड ५० लाख , कृषिमा आधारित कार्यक्रममा ४५ लाख ३५ हजार र सस्था सन्चालन तर्फ सम्पर्क तथा शाखा कार्यालय समेत गरि ६५ लाख ९५ हजार बराबरको कार्यक्रम सन्चालन गर्ने जनाएको छ । खासगरि सामाजिक रुपान्तरणका लागि शिक्षा ,स्वास्थ ,कृषि ,खेलकुद , सरसफाइ लगायतका बिषयहरुमा कार्यक्रमहरु सन्चालनमा रहेको अध्यक्षले जानकारी दिनुभयो । यस्तै प्रस्तावित कार्यक्रमहरुमा सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सबल प्रकोप व्यवस्थापन कोष सन्चालनमा ल्याउने र सो खातामा यस वर्ष संस्थाले ५० हजार नगद दाखिला गर्ने , समुदायका ब्यक्तिहरुमा सरसफाइ प्रतिको बुझाइलाई अझ बढाउन पुर्ण सरसफाइ कार्यक्रम सन्चालनलाइ निरन्तरता गर्ने , बाल विवाह मुक्त पालिका बनाउन आवश्यक पहल गर्ने जनाएको छ। यसै गरि पुर्ण सरसफाइ युक्त पालिका बनाउन आवश्यक पहल गर्ने , स्थानीय संरचनालाई हृदयगण गरि समन्वय तथा सहकार्यमा कार्यक्रम सन्चालन गर्ने , युवा लक्षित कार्यक्रम संगै जिल्लाको खस्कदो खेलकुदको अवस्थालाई सुधारको लागि निकायसंग आवश्यक पहल तथा सहकार्य गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ । यस्तै युवा लक्षित कार्यक्रमलाई प्रभावकारिता दिन नेपाल प्रहरीसग समन्वय र सहकार्यका साथ कार्यक्रम गर्नुका साथै समुदाय र प्रहरी बिचको सम्बन्ध अझ सुमधुर पार्न आवश्यक सहकार्य गरिने जनाएको छ । साथै विभिन्न चुनोतिहरुलाई आत्मसात गर्दै सामाजिक विकासका थप प्रभावकारि कार्यहरु गर्ने जमर्कोका साथ पहुंच नभएकालाई लक्षित गर्दै प्रभावकारि सहयोग पुग्ने खालका योजनाहरु सन्चालन गर्ने लक्ष्य रहेको जनाएको छ । यसै गरि बालबालिकाको शिक्षाको गुणस्तर ,समुदाय तथा प्रहरी बिचको सम्बन्ध सुधारका लागि विभिन्न क्रियाकलाप ,पर्यावरणमा सहयोग हुने खालको वातावरणीय संरक्षण ,समुदायको बिकास लगायतको कार्य समेतलाई अगाडि बढाउदै महिलाहरुको क्षमता अभिवृद्धि गरि आत्मनिर्भर बनाउने तथा महिलाहरूलाई नेतृत्वदायि भुमिकामा ल्याउन प्रभावकारि रुपमा कार्य गर्नुका साथै युवाको समग्र बिकासको लागि युवा लक्षित कार्यक्रम सगे खेलकुदका कार्यक्रमलाई समेत सन्चालन गर्ने जनाएको छ । सबल नेपालकी अध्यक्ष जुना गिरिको अध्यक्षतामा तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गेससका केन्द्रीय उपाध्यक्ष ध्रुव देव , कोशी पिडित समाजका देब नारायण यादव , महुलि सामुदायिक विकास केन्द्रका अध्यक्ष श्याम कान्त चोधरी , मनोहर पोखरेल , निरज गिरि , सेभ द सप्तरीका खिलानाथ निरोला , समाजसेवी इ. सुर्य नारायण यादव , खडक नगरपालिकाका नगर बाल क्लवका निरज साह , प्रेस स्वतन्त्रता सेनानि बेजनाथ झा , गेसस महासङ्घ सप्तरी अध्यक्ष बलदेव मण्डल , शिक्षा समन्वयका राजदेव यादव , सबल नेपालका स्थापक अशोक साह लगायतका बक्ताहरुले सप्तरी जिल्लाको लागि सबल नेपालले गरेको योग्दानको कदर गर्दै सबल नेपालले सप्तरी जिल्लामा मात्रै नभइ मधेश प्रदेश तथा देशभरि ने कार्यक्रमहरु सन्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि ,बिशिस्ट अतिथि लगायत पत्रकार ,अधिकारकर्मी लगायतकाहरुलाइ दोसल्लाह सहित मायाको चिनो प्रदान गरेको थियो ।