शुभ नारायण यादव,
राजविराज, १८ असोज ।
सप्तरीेको राजविराज नपाको वडा नं. ३ मा एक महिलाको शव फेला परेको छ ।
रौतहटको चन्द्रनिगापुर नगरपालिका वडा न.– ५ घर भइ हाल राजविराज नगरपालिका वडा न.– ३ बस्दै आएकी ३३ वर्षीया रन्जना राईको शव फेला परेको हो । मृतक महिला राजविराजको विभिन्न होटलमा काम गर्दै आइरहेको परिवारजनले जानकारी दिए ।
सप्तरीको राजविराज नगरपालिका वडा न. ३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
श्रीमानसँग दुई वर्षदेखि छुटिएर एक्लै बस्दै आएकी राईको शव सोमबार दिउँसो ६ बजे फेला परेको हो ।
यता सो सम्बन्धमा थप अनुसन्धा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।