शुभ नारायण यादव ,
राजविराज, १२ असोज ।
चाडपर्व लक्षित गरी धडपकड कार्यक्रम शुरुवात गरेपछि दिनहु सशस्त्र प्रहरीले लाखौंको अबेध समानहरु पक्राउ पर्न थालेको छ । सोही क्रममा सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा न.११ स्थित कोशी पलारबाट २० हजार मूल्य बराबरको अबैध मदिरा नियन्त्रणमा लिएको छ । बिओपि बर्साइनबाट खटिएको टोलीले नेपालबाट अबैध रुपमा टाउकोमा बोकेर भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २० कार्टुन दिलवाले मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाका अनुसार पछिल्लोपटक चाडपर्व नजिकिदै सगै सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अकशैध मदिरा तस्करी फष्टाएपछि चाडपर्व लक्षित कार्यक्रम शुरुवात गरेपछि अबैध समानहरु धमाधम पक्राउ पर्न थालेको बताउनुभयो । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.४ स्थित कुशहा बोडरबाट बिओपि पातोको टोलीले भारतिय मोटरसाइकल सहित ७५ हजार मूल्य बराबरको अबैध मदिरा नियन्त्रणमा लिएको छ ।
द्यच्भ् घज्ञछठ नम्बरको भारतीय मोटरसाइकलमा मामा श्री नामक मदिरा नेपालबाट अबैध रुपमा भारततर्फ तस्करी गरिरहेको अवस्थामा बरामद गरिएको छ ।
यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा न. १ स्थित बोर्डरबाट बिओपी तिलाठीको टोलीले २२ हजार मुल्य बराबरको अबैध साडी बरामद गरेको छ । भारततबाट अबैध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा सो मूल्य बराबरको साडी बरामद गर्न सफल भएको छ । यस्तै सप्तरीको राजगढ गाउपालिका वडा न.२ बनेनिया स्थित बोर्डरबाट अबैध लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिओपी बनेनियाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेको अवस्थामा शङ्का लाग्दा चेकजाच गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा न.१० का २० बर्षिय युवक शिव कुमार खङ्गलाइ अबैध लागू औषध सहित नियन्त्रणमा लिएको छ । खङ्गको साथबाट म्ष्बभिह म्ऋ ९ बोतल लागुऔेषध सहित पक्राउ गरेको छ ।
यसैगरी सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ गोविन्दपुर स्थित बोर्डरबाट बिओपी छिन्नमस्ताको टोलीले ३ हजार ७ सय ५० मुल्य बराबरको अबैध चिनी बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साइकल सहित अबैध चिनी बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक गणपती खड्काले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको बलान बिहुल गाउपालिका वडा न.४ स्थित बेल्हि बोडरबाट १२ हजार ७ सय मुल्य बराबरको अबैध समानहरु नियन्त्रणमा लिएको छ । भारतबाट अबैेध रुपमा चोरी तस्करी गरी ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नाइलनको डोरी र मामा श्री मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी सप्तरीको बोदे बर्साइन नगरपालिका वडा न.८ बेरियाही स्थित बिओपी रामनगरबाट खटिएको टोलिले १५ हजार मुल्य बराबरको अबैध सोफा सेट कपडा सहित नियन्त्रणमा लिएको छ ।यसैगरी सप्तरीके राजगढ गाउपालिका वडा न.२ स्थित कमलपुर बोर्डरबाट बिओपी बनेनियाबाट खटिएको टोलीले २३ हजार १ सय मूल्य बराबरको अबैध समान बरामद गरेको छ । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा अबैध समानहरु धमाधम पक्राउ पर्नुका साथै सिमामा शान्ति सु व्यवस्था समेत कायम भएको स्थानीयबासीहरुको भनाइ रहेको छ ।