शुभ नारायण यादव,
राजविराज, २२ भाद्र ।
एक सस्थाले सप्तरीको राजविराज नगरपालिका वडा न.२ राजदेवी टोलकी एक जना मृतक परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।
राजदेवि स्वावलम्वन महिला केन्द्र न.८१ कि सदस्य रिम्पु कुमारी ठाकुरलाई स्वावलम्वन लघुवित वितिय सस्था लि. सग आवद सस्थाले आर्थिक स्वरुप ३ लाख ९० हजार बराबरको चेक एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । सस्थाकी सदस्य ठाकुरकी पति ललित कुमार ठाकरको गत असार ७ गतेमा अचानक मृत्यु भए पछि सस्थाले विनित रकम मध्ये कर्जा बिमा वापतको ३ लाख ५० हजार र किरिया खर्च बापत ४० हजार गरि कुल ३ लाख ९० हजारको चेक प्रदान गरेको छ । मृतकको घरमे पुगेर राजविराज नगरपालिकाकी उपमेयर इसरत प्रविण ,सस्थाका राजविराज शाखाका प्रबन्धक टेक नारायण कामती , इलाका लहान सिरहाका प्रबन्धक तारण्ीा प्रसाद चोधरी , युवा पत्रकार शुभ नारायण यादव ,सस्थाका धर्मेन्द्र कुमार महरा लगायतको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन । चेक रकम बुझदे पिडित महिला ठाकुरले खुशी ब्यक्त गर्दै स्वावलम्बन सस्थालाइ धन्यवाद समेत ब्यक्त गरेका छन । यसै विच सोही कार्यक्रममा राजविराज नगरपालिकाकी निमित मेयरले पिडितको छोरीको बिहेमा लाग्ने खर्चमा आफुले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।