शुभ नारायण यादव,
राजविराज, २२ भाद्र ।
सप्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरको नाम प्रतिनिधिसभा सदस्यको लागि सिफारिस भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले उनको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए । लोसपाका केन्द्रीय नेता प्रतिनिधिसभा प्रत्यक्षतर्फ जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ दुलारीदेवी खंग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभाका सदस्यका लागी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ केशवकुमार झा, उषाकुमारी मण्डल, विनोदकुमार मण्डल, रिका मेहता, महेन्द्र खंग खत्वे, विनोदकुमार सिंह, लक्ष्मीप्रसाद मण्डल, भोलाप्रसाद मुखिया, विनादेवी राय र मालती सदाको नाम सिफारिस भएका छन् ।
यस्तै क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ ।