शुभ नारायण यादव,
राजविाज, १३ भदौ ।
सप्तरीमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि पछिल्लोपटक विभिन्न समानहरु धमाधम बरामद हुन थालेको छ ।
सोही क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ बाट २०० लिटर अबैध मदिरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कडरबोनाबाट खटिएको टोलीले गाइघाट कदमाहा सडक खण्ड अन्तरर्गत सुरुङ्गा नगरपालिका वडा न.५ स्थित एक घरमा शङ्का लाग्दा चेबजाँच गरी सो अबैध मदिरा नियन्त्रणमा लिइ स्थानीय वडाअध्यक्ष दिलाराम चोधरी सहित भद्रभलादमी ,बुद्धिजीवी लगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति एव सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो । यस्तै सप्तरीको राजगढ गाउपालिका वडा न.२ स्थित बनेनियाबाट झण्डै २५ हजार मूल्य बराबरको अबैध राजनिवास बरामद गरेको छ । बिओपी बनेनियाका सशस्त्र प्रहरी निरिक्षक तुलसी राम कार्कीको कमाण्डमा खटिएको टोलीले सो अबैध राजनिवास बरामद गरिएको जनाएको छ । भारतबाट अबैध रुपमा नेपालतर्फ भन्सार छलि ल्याउदै गरेको अवस्थामा १०६ प्याकेट राजनिवास बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यता बरामद गरिएका अबैध समानलाइ आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बुझाइएको तथा तस्करको खोजी कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ ।