शुभ नारायण यादव,
राजविराज, १६ श्रावण ।
सप्तरीको धर्मी हल्फा महिला विकास क्लव द्वारा सन्चालित एक दिने निशुल्क स्वास्थ शिबिरबाट सयांै जना लाभान्वित भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित मावि सखडामा अन्धोपन निवारणको लागि एउटा सानो पहल र प्रयास स्वरुप ८ औं पटक १ दिने नि शुल्क आंखा शिविर आयोजना गरेको थियो । सगरमाथा चौधरी आंखा अस्पताल लहानका डाक्टरहरू द्वारा छिन्नमस्ता सखडामा शिविर संचालन उक्त शिबिरमा ३५१ जना आंखाका विरामीहरूको चेक जांच र शिविरमा पता लागेका ११३ जना मोतियाबिंद बिरामीहरुको निःशुल्क अ‘ापरेशन गर्न लहान लगेर गरिने आयोजक सस्थाका अध्यक्ष एव समाजसेवी इ. सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
सगरमाथा चौधरी आंखा अस्पताल लहान र छिन्नमस्ता गाउपालिकाको समन्वयमा सन्चालित सो स्वास्थ शिबिरमा छिन्नमस्ता गाउपालिकाका विभिन्न वडाका साथै छिमेकि भारत र बिष्णुपुर गाउपालिकाबाट समेत बिरामिहरुले सेवा लिएको आयोजक सस्थाले जनाएको छ ।